बिहिबार, बैशाख १७, २०८३
धुलिखेलमा स्वास्थ्य बीमा सेवा बिन्दु हटाइएको निर्णयविरुद्ध राजनीतिक दलहरूको संयुक्त आपत्ति

काभ्रे । २०८२ साउन १ गतेदेखि लागू भएको नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयअनुसार धुलिखेल नगरवासीलाई अब स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु स्थानीय अस्पतालमा नभई बाह्य रिफर केन्द्रबाट लिनुपर्ने व्यवस्था गरिएको छ।

यस निर्णयले स्थानीय नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा पाउन गम्भीर असर पर्ने भन्दै धुलिखेलस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त आपत्ति जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नगर तहका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धुलिखेल सामुदायिक अस्पतालमै पहिलो सेवा बिन्दु कायम गर्न स्वास्थ्य बीमा बोर्ड र नेपाल सरकारसँग माग गरेका छन्।

उनीहरूले बीमा सेवा स्थगित नगरी यथास्थानमै सेवा निरन्तरता दिन आग्रह गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय