काभ्रे। अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मुल ढोका अगाडी फरफराईरहेको छ दज्र्यु । बारदलीमा एकनासले मधुरो आवाजमा गुञ्जिरहने लोकदोहारीको भाकासंगै वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानाका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ पनौती नगरपालिका वडा नं. ४ चामखरमा सञ्चालन गरेको ‘भ्यू प्वाईन्ट रिसोर्ट’ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ३ थापागाउँका महेश थापाले केही महिना अगाडीबाट मिनि रिसोर्ट सञ्चालनमा ल्याएपछि अचेल दैनिक चाखर पुग्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । दश बर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्किएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेको हो । स्वदेशमा आएर केही गरौं भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए ।
विदेश जानुअघि ट्राभल एण्ड टुरिजममा यसअघिको केही अनुभव बटुलीसकेका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्धेश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै दुःख गर्नुपरे पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाई छ । विशेषगरी भूकम्प र कोरोना कहरपछि घुम्ने संस्कारको उल्लेख्य बृद्धि भएको र त्यसलाई निरन्तरता दिने क्रममा घुमन्तेहरुलाई सेवा दिने हेतुले व्यवसाय रोजेको उनको भनाई छ ।
गाउँमा नै केही गर्नका लागि गाउँका एक जना भाइले विदेशबाट फर्केपछि त्यहाँ पाएको दुःखको कारण आउँदा ल्याएको सुटकेस च्यातेर आँगनमा धनियाँ उमारेको देखेपछि आफुलाई झन् व्यवसायमा लागेर आफ्नै गाउँमा केही गरौं भन्ने दृढ संकल्प पलाएको उनले बताए ।
विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरी सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनःजानुपर्ने बाध्यता रहेकोमा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफुले व्यवसाय सुरु गरेको उनले सुनाए । तीन बर्ष अघि पनि पनौती बजार नजिकै एक जना साथीसंगै मिलेर सुर्के हाउस सञ्चालन गरिसकेका उनले पछिल्लो समयमा अलि परिस्कृति गरेर अर्को रिसोर्ट थालनी गरेको बताए । करिब १५ लाख लगानीमा जग्गाधनि सुकराम तामाङसंग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँच जनालाई रोजगार समेत दिएको छ । ‘यो सुरुवात हो, तर पनि होटल क्षेत्रमा थालेको काम कहिल्यै सकिदैन ।’ उनले भने, ‘यस क्षेत्रमा थप गर्दै जाने क्रममा नयाँ नयाँ कामहरु भईरहने भएकाले यो एउटा खुट्किला मात्रै हो ।’
थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएका मिना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताईन् । ‘गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुशि छु ।’ उनले भने, ‘सुरुमा भनेजस्तो सेवा सुविधा नपाए पनि पछि विस्तारै बृद्धि हुँदै जानेमा आशा पलाएको छ ।’ अहिले सो रिसोर्टमा उनीसंगै अन्य चार जनाले रोजगार पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडा लगायत हिमश्रृंखलाहरुसमेत अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताए ।
सञ्चालन गरेको रिसोर्टमा स्थानीय किसानहरुले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र लोकल कुखुरालायतका स्थानीय उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरेको छ । गाउँलेहरुले उत्पादन गरेको सबै प्रकारका खाद्यन्न बस्तु आफुले खरिद गरिदिने गरेको र त्यही अनुसारको मुल्य तिरेर खरिद गर्दा किसान पनि खुशि हुने उनले बताए । पाँच बर्षे योजना बनाएर काम गरिरहेको बताउने थापाले थप संरचनाहरु निर्माण गर्ने, बगैंचा बनाउने र स्थानीय उत्पादन खरिदसंगै आफैले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए ।
कतिपय अवस्थामा विदेशमा हुँदा केही योजना बनाएर लगानी गरी काम थालनी गर्ने र स्थानीय समुदायको साथ सहयोग नहुने र उल्टै खुट्टा तान्ने प्रबृत्तिले पलायन हुनुपर्ने अवस्था धेरै देखेको पाएको अवस्थामा उनले भने पाँच बर्ष भित्रमा कम्तिमा २० जनालाई रोजगारी दिने गरी अगाडी बढेको सुनाए । वरिपरिको सुन्दर मनोरम दृश्य अवलोकनसंगै स्थानीय उत्पादित बस्तुको मिठो स्वाद लिन पाईन्छ । त्यही पुगेर बस्न चाहनेहरुका लागि चार वटा कोठाहरु रहेका छन् भने सामुहिक रुपमा बस्न चाहनेहरुका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए ।
पनौतीबाट साँगा निस्कने हाईकिङ रुट पनि भएकाले चामखरमा पुग्नेहरुको लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । ‘भारतबाट आएर हजारौंले यही आएर पानीपुरी, चटपटे र फालेका पुराना समान संकलन गरेर पैसा कमाईरहेको अवस्थामा हामीले किन सकिदैन भनेर कुटोकोदालो गरेर जीउने अभ्यासमा छु ।’ उनले भने, ‘सिप र दक्षता अनुसारको आम्दानी गर्ने गरी यही काम गर्न सकिन्छ भन्नेमा म लागिरहेको छु ।’
जाने होइन त View Point Resort. ?
View Point Resort
बुकिङका लागि फोन गर्नुहोस्: 986-1813686
आउनुहोस्, रम्नुहोस, रमाउनुहोस अनि सुन्दर दृश्य र फरक आतिथ्यको अनुभव लिनुहोस् र प्रकृतिको भरपुर आनन्द लिदै तपाईंको बसाइलाई, अबिस्मर्णिय बनाउनुहोस ।























