बिहिबार, बैशाख १७, २०८३
पनौतीका दुई स्वास्थ्य केन्द्रले ११ दिनमा दिए २४ सय २० जनालाई रेफरल सेवा

काभ्रे । जिल्लाको पनौती नगरपालिकाभित्र रहेका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रले ११ दिनको बीचमा २ हजारभन्दा बढीलाई रेफरल सेवा दिएका छन् ।

स्वास्थ्य बिमा अन्तर्गत साउन १ गतेदेखि ११ गतेसम्म नगरपालिकाभित्र रहेका दुई वटा पिएचसीले २ हजार ४ सय २० जनालाई रेफरल सेवा दिइएको नगरप्रमुख रामशरण भण्डारीको सचिवालयले जनाएको छ ।

खोपासी प्राथमिक सेवा केन्द्रबाट १ हजार ५१८ र सुन्थान प्राथमिक सेवा केन्द्रबाट ९०२ जनालाई रेफरल सेवा दिइएको छ । साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हेरफेर भएपछि पनौतीका दुई वटा पिएचसीमा सेवाग्रहीको भिड लागेको हो ।

स्वास्थ्य बीमा बोर्डले जिल्लाको पाँचवटा सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको थियो । त्यसमध्ये धुलिखेल पिएचसी र पाँचखाल पिएचसीले प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेका छैनन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय