मंगलबार, बैशाख ०८, २०८३
सर्पको टोकाइले एक व्यक्तिको ज्यान गयो

काभ्रे । दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको मृत्यु भएको हो ।

आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय