काभ्रे । चलचित्र विकास बोर्डको पटकथा संग्राहलयमा हालसम्म करिब ६ सय स्वदेशी चलचित्रका पटकथाहरू संकलन भइसकेका छन् ।
यदि निर्माण वा निर्देशन गरेको चलचित्रको पटकथा छुटेको छ भने सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।
बोर्डका अनुसार उक्त संग्राहलयले नेपाली चलचित्रको इतिहास, विविधता, र सिर्जनात्मकताको अभिलेखलाई जीवन्त बनाउनेछ ।











