काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका–७, सिमडाँडामा एक महिला चिप्लिएर लड्दा गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सिमडाँडा निवासी ५० वर्षीया कुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार, साउन १२ गते बिहान करिब ९:३० बजेको समयमा राउत घाँस बोकेर बारीबाट घर फर्कंदै गर्दा घरनजिकैको बाटोमा अचानक चिप्लिएर लडेकी थिइन्। घटनापछि गम्भीर घाइते अवस्थामा रहेकी उनलाई उनका दाजु हितबहादुर राउतले तत्कालै धुलिखेल अस्पताल पुर्याएका थिए।
तर, उपचारको क्रममा आज साउन १३ गते दिउँसो १२:२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।



















