बुधबार, बैशाख १६, २०८३
दूध लिएर जाँदै गरेका भोलन लडे, उपचारको क्रममा निधन

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–५ निवासी ६० वर्षीय सेतेमान भोलनको काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान आफ्नो नियमित दैनिकीअनुसार दूध बोकेर डेरीतर्फ जाँदै गर्दा बेथानचोक गाउँपालिका–३ गोर्खाली टोल नजिकै बाटोमा चिप्लिएर लड्दा गम्भीर घाइते भएका भोलनलाई तुरुन्तै उनका छोरा सुदीप भोलनले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा बिहान करिब १०:४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी ढुङखर्कबाट प्रहरी टोली अस्पताल खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार चिप्लो बाटोका कारण लडेर टाउकोमा गम्भीर चोट लाग्दा ज्यान गएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय