आइतबार, बैशाख ०६, २०८३
आज नेपाल राष्ट्र बैंकले  २५ अर्ब निक्षेप तान्दै

काभ्रे । बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप तान्दैछ ।

निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्न लागेको हो ।

अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय