काभ्रे | आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















