बिहिबार, जेठ ०७, २०८३
कप्तान साम्बालाई हेटौँडामा सम्मान

काभ्रे । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ ।

सञ्चारिका समूह मकवानपुरले शनिबार (साउन १७) आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि भण्डारीले आफूले धेरै मिहिनेत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् ।
मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको उनले स्मरण गरिन् । अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताइन् । मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको उनको भनाइ थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय