काभ्रे | आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९६ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला २२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















