काभ्रे | रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज बिहान मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । उनी मोटरसाइकलमा पछाडि सवार थिए ।
दुर्घटनामा मोटरसाइकलका चालक तथा मृतकका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



















