काभ्रे । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले १६ औं वार्षिकोत्सवको अवसरमा बनेपा स्थित चारदोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पन्निले सो अवसरमा १ सय २३ पटक रक्तदान गर्ने पनौती निवासी बिदुर खड्कालाई सम्मान गरेको हो । सम्मान गरेकोमा इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकलाई खड्काले धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रमको सभाध्यक्षता क्लासिक टेक बनेपा शाखा प्रमुख श्री निराजन रेग्मीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ३०० भन्दा बढी उपस्थित रहेको थियो ।
क्लासिक टेक
छोयो कि चल्यो




















