सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काभ्रे ।  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय