बुधबार, बैशाख १६, २०८३
काभ्रेका पत्रकारको स्वास्थ्य उपचारमा छुट दिन सिडब्लुसीसंँग समझदारी

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

सोमबार बनेपामा आयोजित कार्यक्रममा महासंघको तर्फबाट शाखा अध्यक्ष बिनोदकुमार न्यौपाने र पोलिक्लिकको तर्फबाट सञ्चालक शशीकुमार सुवालले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार पत्रकार र तिनका परिवारलाई प्रयोगशाला परीक्षणहरूमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । इसिजी, एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवामा १० प्रतिशत र औषधिमा १० देखि १८ प्रतिशतसम्म छुट दिइनेछ । नियमित स्वास्थ्य परीक्षण प्याकेजमा विशेष छुट व्यवस्था गरिएको समझदारीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले जिल्लाका सञ्चारकर्मी र तिनका परिवार लाभान्वित हुनेगरी समझदारी गरेकोमा पोलिक्लिनिकलाई आभार प्रकट गरे ।

पोलिक्लिनिक सञ्चालक शशीकुमार सुवालले समाजमा योगदान दिने सञ्चार क्षेत्रसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । पैसा अभावमा उपचारबाट वञ्चित हुने अवस्था आउन नदिने भन्दै उनले त्यस्ता व्यक्तिहरूको निःशुल्क उपचार प्रबन्ध गर्ने बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय