काभ्रे । नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी सोचेको भन्दा फरक पाएकोले आजैबाट आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको उल्लेख गरेकी छन् ।
कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७८ को पार्टी विभाजनमा उनले नेकपा एसमा सनाखत गरेकी थिइन् ।




















