बिहिबार, जेठ ०७, २०८३
एनपीएलको अक्सनमा १५० खेलाडी

काभ्रे । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनका लागि क्याटागोरी ‘ए’मा आठ खेलाडी परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार अक्सनको क्याटागोरी ‘ए’मा मोहम्मद आदिल आलमसहित आठ खेलाडी परेका छन् ।

क्याटागोरी ‘ए’मा आदिलसँगै अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सराफ, शरद भेषवाकर, सूर्य तामाङ र सुनम गौतम परेका छन् ।

एनपीएलको दोस्रो संस्करणको लागि ४५८ खेलाडीले क्यानमा नाम दर्ता गराएका थिए । तर, क्यानको प्राविधिक समितिले दोस्रो संस्करणको एनपीएलको अक्सनका लागि १५० खेलाडी छनोट गरेको प्रवक्ता लामाले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय