बिहिबार, जेठ ०७, २०८३
राष्ट्रपति पौडेल ,”खेलाडीको भविष्य सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ “

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’

राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय