सोमबार, बैशाख ०७, २०८३
काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ, ९ चालक नियन्त्रणमा

काभ्रे । काभ्रेमा लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने ९ जना सवारीचालक पक्राउ परेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत बनेपा- १३ साँगा चोकमा सडक अनुशासन, सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने अभियान स्वरुप चालकहरूको लागुपदार्थ सेवन (लापसे) चेक गरिएको थियो । कुल ४० जनाको परीक्षण गरिएकोमा ९ जनाले लापसे गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरेर आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा लगिएको छ ।

सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र  जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । लापसे चेकका लागि शीर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य थियो ।

यस अघि पनि जिल्लाका विभिन्न ठाउँमा यस्तै परीक्षण गर्दा लागुपदार्थ सेवन गरेर सवारी चलाउनेहरू पक्राउ परेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय