काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ना ७ ख ७२१४ नम्बरको मिनी ट्रकले बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो । सो क्रममा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका -८ बस्ने अन्दाजी ३५ बर्ष रुपेश खरेलको मृत्यु भएको हो ।
उनको धुलिखेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























