मंगलबार, बैशाख ०८, २०८३
भौतिक पूर्वाधार मन्त्रीले बेलिब्रिज उद्घाटन

काभ्रे ।  केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा जडान गरिएको बेलिब्रिज आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्नुभयो ।

सङ्घीय सरकारको रु १ करोड ३५ लाख लागतमा गत असारमा निर्माण सम्पन्न गरिएको पुल ४८ दशमलव ६ मिटर लामो रहेको सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

पुल सञ्चालनमा आएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय