काभ्रे । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९४ हजार ८०० पुगेको छ भने चाँदी प्रति तोला रु २ हजार २९० मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन रु १ लाख ९३ हजार ५०० र चाँदी रु २ हजार २५५ मा किनबेच भएको थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन ३ हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



















