मंगलबार, बैशाख ०८, २०८३
चितवनमा ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ

काभ्रे ।  चितवन प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लजको कोठा नम्बर १०६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट Tramol–50 लेखिएको १,७८० पत्ता (१७,४०० क्याप्सुल) बरामद गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये चितवन माडी नगरपालिका–१ का २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका–५ की २१ वर्षीया शान्ती गुरुङ, पर्सा ठोरी गाउँपालिका–२ का विनायक तामाङ (२१), सूर्य लामा (२५), प्रदिप लामा (१८), प्रदिप न्यौपाने (२४) र भारत बिहार पश्चिम चम्पारण चनपटियाका २४ वर्षीय आर्यन कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउ परेकामाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय