मंगलबार, बैशाख ०८, २०८३
स्याफ्रुबेसीरसुवागढी सडक २२ दिन बितिसक्दा पनि सञ्चालन हुन सकेन, अझै एक सातापछि मात्र खुल्ने अनुमान

काभ्रे ।  साउन १४ गते आएको बाढीले फेरि क्षति पुर्‍याएको स्याफ्रुबेसी–रसुवागढी सडक २२ दिन बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन्।

चीनतर्फको लेन्देखोलाबाट आएको बाढीले सडक कटान गरेपछि पुनर्निर्माण कार्य भइरहेको छ तर काम सम्पन्न गर्न अझै कम्तीमा एक साता लाग्ने देखिएको छ। टिमुरे, तातोपानी डाँडा, फ्याङलुङ र लिङलिङमा कटान भएका भाग मर्मत भए पनि गोसाइँकुण्ड गाउँपालिका–३ मेदाङपुदुङमा जटिल समस्या देखिएकाले ढिलो भएको गल्छी–त्रिशूली–मैलाुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार पुनर्निर्माणका क्रममा कडा चट्टान निस्किएकाले एउटा उपकरणले मात्र काम गर्नुपरेको र त्यसले गति सुस्त भए पनि काम निरन्तर भइरहेको छ।

आयोजनाका अनुसार साउन १४ गते चीनतर्फको लेन्देखोलाबाट आएको दोस्रो बाढीले करिब दुई किलोमिटर सडकमा क्षति पुर्‍याएको छ। यसअघि असार २४ गते आएको बाढीले करिब एक किलोमिटर सडक भत्काएको थियो भने १३ दिनको मर्मतपछि साउन ४ गतेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय