काभ्रे । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार जारी गरेको विज्ञप्तिमा एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने उल्लेख गरिएको छ।
यसअघि प्रतियोगिताका लागि खेलाडीहरूको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ। विस्तृत खेल तालिका भने चाँडै सार्वजनिक गर्ने तयारी छ।



















