काभ्रे । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका क्षेत्रका दोभान, सिद्ध बाबा र झुम्सा आसपासमा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक माथिबाट खसेका ढिस्काहरू सडक डिभिजन र सिद्ध बाबा सुरुङ मार्ग आयोजनाको सहयोगमा हटाइएपछि यातायात सुचारु भएको हो।
दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक रुम केसीका अनुसार बिहान ९ बजेबाट एकतर्फी आवागमन सुरु भए पनि बिहान १०:१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
अवरुद्ध हुँदा घण्टौँ जाममा अड्किएका सवारी साधन अहिले आफ्ना गन्तव्यतर्फ लागेका छन्। यद्यपि, पहिरोको उच्च जोखिम रहेका कारण पाल्पा–बुटवल सडक खण्डमा सामान्य वर्षा हुनासाथ आवागमनमा समस्या हुने र यात्रुहरूले निरन्तर सास्ती भोग्नुपर्ने अवस्था रहेको छ।



















