मंगलबार, बैशाख ०८, २०८३
घाग्रा खोलामा पुल निर्माण सुरु

काभ्रे । झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल शनिबार उद्‌घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमबीच २८ मिटर लामो उक्त ट्रस पुलको उद्‌घाटन गरे ।

पुल निर्माणमा उपभोक्ताको ८० हजार चार सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार छ सय २२ रुपैयाँ ३५ पैसा गरी कूल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसा लगानी भएको छ । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पुर्‍याएको हो ।

यो पुलबाट प्रत्यक्ष रूपमा दुई सय ६६ घरधुरी लाभान्वित हुनेछन् । उद्‌घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, नेकपा (एमाले) बिर्तामोड नगर कमिटी अध्यक्ष सुवाष भट्टराई, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय