शुक्रबार, बैशाख ०४, २०८३
सिनेमा हलमा अझै पनि ‘म्यानुअल’ टिकटको बिक्री जारी

काभ्रे । सिनेमा हलमा अझै म्यानुअल टिकट बिक्री भइरहेको पाइएको छ।

चलचित्र विकास बोर्डले गरेको अनुगमनमा कतिपय हलहरूले अझै पनि म्यानुअल टिकट वितरण गरिरहेको तथ्य बाहिर आएको हो।

साउन २९ देखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाहरूमा गरिएको बक्सअफिस प्रणालीको अनुगमनमा यो तथ्य खुलेको हो।

बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पालगायत जिल्लाका ६० चलचित्र घर निरीक्षण गर्दा दुईवटामा म्यानुअल टिकट बिक्री भइरहेको पाइएको हो।

बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गर्ने ती हलहरूलाई नियमअनुसार कारबाही गरिने बोर्डले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय