काभ्रे । काठमाडौँमा ४ लाख ७१ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बालाजु खरिबोट डेरा गरी बस्ने गोरखा घर भएकी २३ वर्षीया पुष्पा थापाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४ लाख ७१ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















