काभ्रे । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ ।
निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् ।
‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा केदार घिमिरे र वर्षा सिवाकोटीलाई विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ ।
तेस्रो श्रृंखलामा पनि फिल्मको कथावस्तु यही लिगेसीमा अघि बढ्ने देखिन्छ । ‘माग्ने राजा’ ऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो । घरेलु राजनीतिमा नयाँ र स्वतन्त्र दल र उम्मेदवारको पक्षमा टिप्पणी गर्दै फिल्मले पात्रमार्फत दलीय बेथितीविरुद्ध आक्रोश पोख्छ । ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिन्छ ।



















