काभ्रे । दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार गढवा गाउँपालिका–१, धोद्रे पुलनजिक आज बिहान चन्द्रौटादेखि पश्चिमतर्फ जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटातिर गइरहेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन् । भालुबाङ अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको हो ।
सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते छन् । भालुबाङ अस्पतालमा सामान्य उपचारपछि उनलाई बुटवल पठाइएको ।
मृतकको शव परीक्षणका निम्ति लमही अस्पतालमा पठाइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















