शनिबार, आषाढ २०, २०८३
राष्ट्रपतिसँग विपिन जोशी परिवारको भेटवार्ता

काठमाडौं। राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले भेटवार्ता गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोशी इजरायल पुगेकी थिइन्। त्यहाँ उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतसँग भेटघाट गरी छोरा विपिनको रिहाइको लागि पहल गरेपछि शितल निवासमा राष्ट्रपति पौडेलसँग पनि भेटवार्ता गरेका हुन्।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्। यस अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय