काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र खानीखोला–काठमाडौँ सम्पर्क समन्वय समिति अन्तर्गत वडा नम्बर ३ को भेला कार्यक्रम सम्पन्न भएको छ। भक्तपुरमा पार्टी केन्द्रीय सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्य मान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोनध गर्दै प्रमुख अतिथि सुर्यमान दोङले पार्टी सुदृढीकरण र संगठन विस्तारमा सम्पर्क मञ्चहरूको भुमिका महत्वपूर्ण हुने भन्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै पार्टीमा निर्माणमा ठुलो भुमिका रहने र खानीखोला बिकास निर्माण देखि हरेक काममा युवा शाक्तिको आवश्यकता रहेको र युवा शाक्ती तथा आम सर्बहारा जनताको साथमा नेकपा माओवादी रहने जिकिर गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा भीमबहादुर ब्लोन, अविनाश तामाङ, इन्द्रमान गोले, बुद्धिमान गोले, सुवास थिङ, ज्ञानु थिङ, उमेश थिङ, प्रेम घिसिङ, उमेश भोलन लगायतका दर्जनौँ नेता–कार्यकर्ता रहेका थिए।
त्यस अवसरमा खानीखोला–३ सम्पर्क मञ्चको २३ सदस्यीय समिति गठन गरिएको छ। जसमा अध्यक्षमा मोहनबहादुर जिम्बा, उपाध्यक्ष अम्बर आले, महिला उपाध्यक्ष अविना गोले, सचिव प्रशान्त वाइबा, सहसचिवमा सुमन घिसिङ र तारा घिसिङ, कोषाध्यक्षमा अविनाश गोले चयन भएका छन्।























