मंगलबार, बैशाख ०८, २०८३
राष्ट्रिय युवा संघ काभ्रेद्धारा वृक्षारोपण

काभ्रे । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले बृहत वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको देशव्यापी अभियान अन्तर्गत काभ्रे जिल्ला कमिटीले बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

यो वृक्षारोपण केही दिन अघि सम्पन्न युवा संघको नवनिर्वाचित जिल्ला कमिटीको पहिलो कार्यक्रम हो। आज पार्टी जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यतामा संघले बनेपा नगरपालिका वडा नम्बर ६ बडोल खत्रीगाउँ नजिकै रहेको सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।

जिल्लाको १३ वटै पालिकामा केन्द्रको अभियान अन्तर्गत वृक्षारोपण, रक्तदान लगायत रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै जाने संगठनका जिल्ला अध्यक्ष सीबी तामाङले बताए । अध्यक्ष तामाङले संगठनको पहिलो जिल्ला कमिटी बैठकमा प्रस्तुत गरिएको कार्ययोजनाहरू क्रमशः अघि बढाउँदै जाने बताए ।

संघले सुन्तला, कागती, विभिन्न जातका वनस्पति प्रजातीका फुलहरु गरेर झण्डै २ सय वटा बोट विरुवा रोपेको छ । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, संगठनका केन्द्रीय सदस्य एवं आर्थिक विभाग उपप्रमुख मिलन सागर लामा, पार्टी जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, उपसचिव रत्नकुश रन्जितकारका साथै पार्टीको प्रदेश, जिल्ला तहका नेता, संगठनको जिल्ला तथा पालिका कमिटीका युवाहरुका सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय