काभ्रे । पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको र सबैको अवस्था सामान्य रहेको छ ।
घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।



















