मंगलबार, बैशाख ०८, २०८३
दाङमा ट्याक्टरले ठक्कर दिँदा एकजनाको ज्यान गयो, दुई घाइते

दाङ ।  दाङको गढवा गाउँपालिका–३ धैरेनीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि धैरेनीका ५५ वर्षीय बलबहादुर थापाको घटनास्थलमै ज्यान गएको हो।

गए राति करिब पौने ८ बजे गढवा–१ कालाकाटेतर्फ जाँदै गरेको रा १ ह ५९२३ नम्बरको अटोलाई विपरीत दिशाबाट आएको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा अटो चालक ३८ वर्षीय लेकबहादुर रोका र ४२ वर्षीय अमरबहादुर नगरकोटी गम्भीर घाइते भएका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो।

मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय