शुक्रबार, बैशाख १८, २०८३
नेपाल आज दक्षिण अस्ट्रेलियाविरुद्ध दुई टी–२० खेल खेलेर प्रतिस्पर्धा गर्दैछ

काभ्रे ।  अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

टी-२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय