मंगलबार, बैशाख ०८, २०८३
४ जनाको जिप दुर्घटना हुँदा मृत्यु

काभ्रे । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतक र घाइतेहरूको परिचय खुलेको छैन ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय