काभ्रे । धादिङ जिल्लामा किटजन्य रोगको प्रकोप बिस्तारै महामारीको रूप लिँदै गएपछि चिकित्सकहरूले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
जिल्लामा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। यस वर्ष डेंगीभन्दा स्क्रब टाइफसका संक्रमितको संख्या बढी रहेको अस्पतालले जनाएको छ। लामखुट्टेले टोक्दा सर्ने हात्तिपाइले रोगका नयाँ बिरामीहरू पनि थपिन थालेका छन्। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन्।
धादिङ अस्पतालका डा. दिनेश रेग्मीका अनुसार संक्रमित एडिज प्रजातिको लामखुट्टेको टोकाइले डेंगी र जङ्गली मुसामा बस्ने किर्ना (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामी दैनिक सात–आठ जना अस्पतालमा भर्ना हुन थालेका छन्। उच्च ज्वरो, टाउको दुखाइ र शरीर दुखाइ जस्ता लक्षण भएका बिरामी धेरै आउने गरेका छन्, जुन दुवै रोगका सामान्य लक्षण हुन्।
जिल्ला अस्पतालमा सामान्यतया दैनिक दुई सयको हाराहारीमा बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरे पनि हाल पाँच सयसम्म बिरामी उपचारका लागि आउन थालेका छन्। तीमध्ये ३० देखि ३५ प्रतिशत बिरामी किटजन्य रोगका रहेका चिकित्सकले बताएका छन्।
यी रोगबाट जोगिन वातावरणीय सरसफाइ, लामखुट्टे र माइटको वासस्थान नष्ट गर्ने, झाडी पन्छाउने, र समुदायस्तरमा लार्भा नष्ट गर्ने कार्यक्रम आवश्यक भएको चिकित्सकहरूको भनाइ छ। तर यस वर्ष जिल्ला सदरमुकाम क्षेत्रमा यस्ता अभियान सञ्चालन नभएको कारण रोगको प्रकोप बढेको उनीहरूको भनाइ छ।
भाद्र महिनादेखि हालसम्म जिल्लामा १४ जना स्क्रब टाइफस र पाँच जना डेंगी संक्रमित पुष्टि भएका छन्। यस्तै, यी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या भने अझ बढी रहेको अस्पताल स्रो























