शुक्रबार, बैशाख ०४, २०८३
चलचित्र ‘जेरी अन टप’ टिजरको ,२ दिनमै १० लाखभन्दा बढी भ्यूज

काभ्रे ।  चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ। अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्मको कथा सगरमाथा आरोहण र पदयात्राको क्रममा विकसित हुने प्रेमकथामा आधारित छ।

सोमबार साँझ सार्वजनिक गरिएको टिजरले दुई दिनमै १० लाखभन्दा बढी भ्यूज पाइसकेको छ।

सुयोग गुरुङ निर्देशित यस फिल्ममा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीले अभिनय गरेका छन्।

फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत समावेश गरिएको छ भने पटकथा हेमराज बीसीले लेखेका हुन्। सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी फिल्मका निर्माता रहेका छन्।

‘जेरी अन टप’ आगामी असोज ३१ गते (अक्टोबर १७) प्रदर्शन हुने तय भएको छ। नेपालमा यस चलचित्रको वितरण अधिकार रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय