मंगलबार, जेठ ०५, २०८३
नेपालका प्रथम राष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहमा विश्वास व्यक्त गरे

काभ्रे । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताएका छन्।

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित लोकतान्त्रिक चोकमा नयाँ निर्माण भएको शुभम इन्टरनेशनल हस्पिटलको उद्घाटन गर्दै राष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा भएको प्रगतिसँगै नेपालले उच्च गुणस्तरीय स्वास्थ्य सेवा निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वास्थ्य सेवालाई व्यवसायिक भन्दा गुणस्तरीय बनाउन जोड दिनुपर्ने र जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा बल दिनुभयो।

यस्तै, हस्पिटलका अध्यक्ष केदार नरसिंह केसीले जनताको स्वास्थ्यप्रति उत्तरदायित्व निर्वाह गर्दै दक्ष चिकित्सकहरूको निगरानीमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय