काभ्रे । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक पार्किङ गरिएको बसमा द्रुत गतिमा आएको स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज बिहान भएको दुर्घटनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ का २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेल गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका क्रममा मृत्यु भएको हो।
सडक किनारमा बस राखेका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ।























