काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबिच नेपालका भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताका विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेका हुन् ।



















