काभ्रे । मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले आजको बैठकमा मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त गण्डकी प्रदेशको सदस्य पदका लागि निर्वाचन मिति तोक्ने निर्णय गरेको जनाएको छ।
सर्वोच्च अदालतको फैसलाले विक्रम संवत २०७९ मंसिर ४ गते निर्वाचित भएका दिपक मनाङगे (राजीव गुरुङ) को सदस्यता खारेज भएको थियो।
यसैगरी, आयोगले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते निर्वाचन हुने मिति पहिले नै तोकेको थियो।



















