मंगलबार, बैशाख ०८, २०८३
मेयर बालेनले चीन भ्रमणमा प्रधानमन्त्री ओलीलाई लिपुलेक मुद्दा उठाउन सुझाव

काभ्रे ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको मुद्दा उठाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका हुन्। मेयर शाहले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथि अतिक्रमण भएको स्मरण गराउँदै चीनसँग यसबारे स्पष्ट कुरा राख्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– “चीन भ्रमणको शुभकामना, प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथि अतिक्रमण गरेको छ। त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।”

केही समयअघि भारत र चीनले नेपाललाई जानकारी नदिई लिपुलेक त्रिदेशीय नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका थिए, जसपछि लिपुलेकको विषय फेरि सार्वजनिक चर्चामा आएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय