मंगलबार, बैशाख ०८, २०८३
लगातार वर्षापछि बाजुरामा पहिरोको जोखिम: २० घर खतरा क्षेत्रमा

काभ्रे ।  लगातारको अविरल वर्षाका कारण बाजुरामा पहिरो बग्न थालेको छ र बस्ती जोखिममा परेको छ। बडीमालिका नगरपालिका–७, जिल्लीको तलगाउँ क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।

भदौ ६ गते परेको भारी वर्षापछि तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेका छन्। वडाध्यक्ष पाध्यायका अनुसार ती २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ।

शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गरिएको अनुगमनमा २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण आवश्यक रहेको निष्कर्ष निकालिएको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले जानकारी दिइन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाजुरामा हाल ५३ भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय