काभ्रे । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ ।
नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए । नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी ७० वर्षका हुन् ।
बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए ।



















