काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खानीखोला गाउँपालिका सम्पर्क समन्वय समिति अन्तर्गत वडा नं. ६ को भेला बनेपा स्थित बनेपाको नगरपालिका सभाहलमा सम्पन्न भएको छ।
भेलाबाट शेर मान थोकरको अध्यक्षतामा खानीखोला सम्पर्क समन्वय समिति वडा नं. ६ को २१ जनाको सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा देवन सिं तितुङ, सचिवमा बिबेक तितुङ, सह–सचिवमा दिलकुमारी थोकर र कोषाध्यक्षमा नानी मायाँ थिङ चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व संघीय सांसद अकल बहादुर थिङ (महेश) ले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पार्टी सुदृढीकरणमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने।“पार्टी संगठन बलियो भए मात्रै जनताका अधिकार सुनिश्चित हुन्छन्। गाउँदेखि सहरसम्म कार्यकर्ताले जनताबीच पुगेर समस्या बुझ्नुपर्छ र समाधानका लागि जुट्नुपर्छ।” महेशले भने । साथै नयाँ नेतृत्व चयन भएको समितिलाई बधाई दिंदै जिम्मेवारीप्रति निष्ठावान भएर पार्टीलाई जनताको पक्षमा सशक्त रूपमा उभ्याउन आग्रह गरे ।
कार्यक्रममा बिशिष्ठ अतिथी नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचीव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) लगाएतको नेताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती सचिवालय सदस्य दैबलाल घिसिङ , प्रदेश कमिटी सदस्य तथा खानीखोला इन्चार्ज मिना पाख्रीन, पनौती नगरकमिटी इन्चार्ज होम बहादुर खुलाल , खानीखोला गाउँकमिटी अध्यक्ष खडक बहादुर जिम्बा (अविरल) लगाएत प्रदेश कमिटी , जिल्ला कमिटी , गाउँपालिका कमिटी , वडा कमिटी , विभिन्न जनबर्गिय संगठनको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको छ।

























