मंगलबार, बैशाख ०८, २०८३
थाहा नगरपालिकामा सडक दुर्घटना, ३२ वर्षीय युवकले गुमाए ज्यान

काभ्रे ।  मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र–६६–प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिएको ना–७–ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा चालक ३२ वर्षीय अमिर गोपाली गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गोपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय