काभ्रे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.१७ अंकले घटेर २,७४९.८३ बिन्दुमा पुगेको छ। आज ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर ९७ हजार १७४ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँको कारोबार भएको हो।
आज सबै समूहको उपसूचक घटेको छ। ग्लोबल आइएमई समुन्नत योजना–२ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ।



















